माक्र्सवादी दर्शन – प्रारम्भिक परिचय १९

विकासको बजेट पार्टी काममा लगाउनु हुन्छ ?
September 5, 2017

समाजको विकासमा जनता र व्यक्तिको भूमिका

१. जनताको परिचय ः

सामान्यत “जनता” भन्नाले देशको सम्पूर्ण सिङ्गै जनसङ्ख्यालाई बु¤ने गरिन्छ । सामन्त वा पु“जीपतिहरू जनतालाई केही नबु¤ने उपद्र्याहा र सधैं प्रतिपक्षमा रहने तर झुक्याउन र आÏनो पक्षमा प्रयोग गर्न सकिने मानिसहरूको भीड ठान्दछन् ।
यथार्थमा वैज्ञानिक ढङ्गले भन्ने हो भने जनता भनेको ‘निश्चित समयमा निश्चित देशका प्रगतिशील विकासका कार्यभारहरूलाई सङ्गठित रूपमा अगाडि बढाउने सामथ्र्य भएको र ऐतिहासिक दृष्टिले फेरिइरहने वर्गसमेतको मानिसहरूको समुदाय हो ।
तर वर्गीय समाजमा जहा“तहींं के देखिन्छ भने त्यस्तो सामथ्र्य समाजका सबै मानिसहरूमा हु“दैन । समाजका केही अल्पसङ्ख्यकहरूलाई छाडेर जनसङ्ख्याको बा“की ठूलो हिस्साले मात्र त्यस कार्यभारलाई वहन गर्दछ । त्यसैले त्यही हिस्सालाई मात्र जनताको श्रेणीमा राख्न सकिन्छ । अर्को कुरा, त्यो वर्ग र समूह पनि हरेक सामाजिक क्रान्तिमा फेरिइरहने हु“दा स्थायी स्वरूपको हु“दैन । मुख्यतः जनता भनेको उत्पादक शक्ति हो । अर्थात श्रमजीवी वर्ग हो । वर्गीय समाजमा शोषितहरू जति सबै जनतामा पर्दछन् । यसरी जनता भन्नाले समाजको उत्पादक शक्ति, सामाजिक क्रान्ति र राष्ट्रिय मुक्तिक्रान्तिका प्रेरणादायक शक्ति, आत्मिक संस्कृतिका सिर्जनाकार र सम्पूर्ण शोषित–पीडित जनसमुदायहरूलाई बु¤नु पर्दछ ।
‘जनता’ परिवर्तनशिल अबधारणा हो । दासप्रथात्मक समाजमा खासगरी कमाराहरू जनता थिए । सामन्ती व्यवस्थामा किसान र शिल्पी जनता भए । राजतन्त्रलाई भत्काउने कार्यभार सन्मुख आएको परिस्थितिमा लेनिनले भन्नुभयो, “अलिकति मात्र पनि सचेत मजदुरलाई कुन कुरा राम्ररी थाहा छ भने राजतन्त्रका विरुद्ध सङ्घर्ष गरिरहेको जनता बुर्जुवाहरू र सर्वहाराले बनिएको हो ।” पु“जीवादी समाजमा मजदुर, किसान, श्रमजीवी बुद्धिजीवीहरू समाजलाई अगाडि बढाउन सहयोग पु¥याउने जति सबै जनता हुन् । जनवादी क्रान्ति नै हुन बा“की रहेको हाम्रोजस्तो समाजमा मजदुर, किसान, सहरिया निम्नपु“जीपतिहरू, बुद्धिजीवीहरू, देशभक्त तत्वहरू र राष्ट्रिय पु“जीपतिवर्गसम्म पनि जनताको कोटीमा पर्दछन् ।
समाजबादी समाजमा पुगेपछि मात्र सिङ्गै जनसङ्ख्या जनता बन्दछ ।

२. जनता इतिहासका सर्जक ः

इतिहासलाई गति दिने प्रेरक अर्थात गतिदायी शक्तिको र सामाजिक प्रेरणाहरूको चर्चा गरिसकिएको छ । अब इतिहासका शिल्पी को हुन् त ? कसले सिर्जना गर्छ समाजका इतिहासको ? त्यसलाई हेरौं ।
पहिलो कुरा, समाजको जीवननिर्वाहको लागि अत्यावश्यक सबै भौतिक सामग्री र सम्पत्तिका निर्माता श्रमजीवी नै हुन् । कारखानामा, खेतवारीमा, सडकमा काम गरेर उनीहरूले खाने कुरा, लाउने लुगा, जुत्ता, बस्ने घर, पढने स्कुल, घरायसी र व्यक्तिगत प्रयोगका निम्ति चाहिने सारा चिजहरू उत्पादन गर्छन् । समाजलाई पाल्छन्, समृद्ध बनाउ“छन्, इतिहासको सृष्टि गर्छन् । दोस्रो कुरा, सचेतन र अचेतन रूपमै भए पनि उनीहरूले उत्पादनका साधनहरूलाई उन्नत बनाउ“छन्, प्रविधिमा ठूलो प्रगतिशील परिवर्तन आउ“छ । उत्पादक शक्तिको विकास हुन्छ र यसरी उत्पादनका नया“ साधनको प्रयोगबाट भएको थप उत्पादनको सबैजसो हिस्सा शोषकवर्गको कब्जामा जाने अबस्थामा पनि श्रमिकहरूले प्राविधिक क्रान्तिमा ठूलो भूमिका खेल्छन्, सामाजिक क्रान्तिको पृष्ठभूमि तयार पार्छन् । तेस्रो र एकदमै महत्वपूर्ण कुरो, उत्पादक शक्तिको विकासद्वारा उत्पन्न भएको सामाजिक क्रान्तिको ध्वजा उचाल्ने मुख्य शक्ति पनि उनीहरू नै हुन् र उनीहरूले नै महान् परिवर्तनकारी क्रान्तिको सम्पन्नतामा अग्रणीको भूमिका निर्वाह गर्दछन् । त्यसैले त, दासहरूको विद्रोहले एउटा ठूलो सामाजिक क्रान्ति ल्याइदियो र दासप्रथालाई खरानी बनाएर अर्को उन्नत नया“ व्यवस्थाको प्रारम्भ गरायो, किसान र सहरिया गरिव वर्गद्वारा उठाइएको क्रान्तिद्वारा सामन्तवादको इतिश्री भएर पु“जीवाद स्थापित भयो, सर्वहारा कै नेतृत्व र किसानको सहभागिताले गर्ने क्रान्तिले पु“जीवादको साथै हज्जारौं वर्षदेखि आएको वर्गीयता र शोषणकारी व्यवस्थालाई नष्ट गरिदिन्छ र सही अर्थमा सबै जनता समाजको मालिक हुने समाजबादी व्यवस्थामा पु¥याउ“छ, अनि त्यस श्रमिक समाजले समाजको अभूतपूर्व भौतिक र वौद्धिक विकास गर्दै साम्यवादमा पदार्पण गर्ने महान् ऐतिहासिक कार्यलाई पूरा गर्दछ । चौथो कुरा, श्रमिक जनताले नै सम्पूर्ण वौद्धिक मूल्यको, कला, साहित्य र संस्कृतिको रचना गर्दछ, आपूmले श्रम गरिगरिकन वौद्धिक कार्यमा लागेकाहरूलाई लेख्ने, पढ्ने, सोच्ने, आविष्कार गर्ने अबसर जुटाइदिन्छ ।
ती जनता नै इतिहासका प्रेरक हुन्, चालक शक्ति हुन् भन्ने स्पष्ट पार्दै फ्रेडरिक एङ्गेल्स भन्नुहन्छ–“जब ती चालक शक्तिहरूको खोज गर्ने प्रश्न आउ“छ, जुन शक्तिहरू सचेतन वा अचेतन रूपमा र प्रायशः अचेत रूपमा नै इतिहासमा काम गर्ने र इतिहासका वास्तविक अन्तिम चालक शक्तिको निर्माण गर्ने मानिसहरूका प्रेरणाको पछाडि रहेका हुन्छन्, त्यस बेला जतिसुकै प्रख्यात भए पनि एउटा–एउटा व्यक्तिको प्रेरणाको प्रश्न त्यति ज्यादा रह“दैन, जति महान् जनसमुदायहरूलाई, सम्पूर्ण जनताहरूलाई र फेरि जनगणमा पर्ने जनताका समस्त वर्गहरूलाई गतिमान गराउने ती प्रेरणाहरूको महत्व हुन्छ । र, त्यो प्रेरणा पनि त्यस्तो प्रेरणा होइन, जुन क्षणिक रूपमा परालको आगोभैmं एक्कैछिन हुरुर्र सल्किन्छ र ¤याप्पै निभ्दछ तर त्यो त्यस्तो प्रेरणा हो, जुन महान् ऐतिहासिक रूपान्तरणमा परिणामदायी अन्तिम कारवाईको रूपमा अन्त्य हुन्छ ।”
(‘लुडविग फायरवाख र क्लासिकीय जर्मन दर्शनको अन्त्य’ बाट)

३. ऐतिहासिक विकासमा जनसमुदायहरूको बढ्दो भूमिका ः

भौतिक सम्पत्तिको उत्पादनपद्धतिमा आधारित रहेर जनताले इतिहासको निर्माण गर्छन् । भौतिक उत्पादन विकासशील हुन्छ । उत्पादक शक्ति, भौतिक उत्पादनको व्यापकता र क्षमता जतिजति बढ्दै जान्छ, त्यतित्यति नै समाजको प्रगतिको अनुरूप इतिहासमा जनताको भूमिकाको पनि वृद्धि हु“दैजान्छ । माक्र्स र एङ्गेल्स भन्नुहुन्छ –“ऐतिहासिक कामको पूर्णताका साथ जनसमुदायको कार्य र आकार पनि त्यसकै फलस्वरूप बढ्दछ ।” (मा.ले.वादी दर्शनशास्त्र–अनुः एन्.पी. आचार्य, प्रकाशक, विविध पुस्तक भण्डार)
शोषणकारी वर्गहरू भएको सामाजिक संरचनामा गरिखाने श्रमजीवीहरूले शोषक वर्गका निम्ति काम गरिदिनु पर्छ । त्यसकारण उनीहरूको सिर्जनात्मक शक्ति पूर्ण रूपमा प्रकट हुन पाउ“दैन । जब शोषकहरूबाट श्रम मुक्त हुन्छ, अनि मात्र भौतिक उत्पादनमा उनीहरूको भूमिका तिखारिन्छ, स्वतन्त्र भएर विकसित हुन्छ ।
त्यसैगरी कहिल्यै पूरा नहुने भौतिक आवश्यकताको पूर्तिका निम्ति मात्र सधैं सङ्घर्षरत रहनु पर्ने हु“दा शोषणकारी समाजमा श्रमिकवर्ग सधैं त्यसैमा वा“धिएको, कठ्याङ्ग्रिएको हुन्छ । समाजबादले मात्र उनीहरूलाई स्वतन्त्र राजनैतिक क्रियाकलापहरूको लागि मुक्तिको अबसर दिन्छ ।
समाजबादमा श्रमिक जनताको आत्मिक क्रियाकलापमा पनि वृद्धि हुन्छ विभिन्न ऐतिहासिक चरणहरूमा श्रमिक जनताको बढ्दो भूमिकालाई प्रष्टै देख्न सकिन्छ— दासप्रथात्मक समाजमा मालिकवर्गको भयानक नियन्त्रण र कज्याइ“का बेला, कमाराहरूलाई मालिकहरूले बेच्न, किन्न, कुट्न, मार्न जे पनि गर्न पाइने अबस्थामा उनीहरुको सामाजिक गतिविधि के हुन सक्थ्यो र ? त्यसबेला गैरदासजनसमुदाय पनि त्यति सक्रिय थिएन । त्यसैले यो युग नै मन्द विकासको युग थियो । त्यसबेला इतिहास मानो हिंड्दैनथ्यो, विस्तारै घस्रिन्थ्यो ।
त्यसको तुलनामा, पछि पु“जीवादमा पुग्दा, मजदुरवर्ग र गैरमजदुर सर्वसामान्य जनताको गतिविधिमा समेत वृहत परिवर्तन आएको पाइन्छ । त्यो श्रमिकहरूका मुक्तिको पूर्वबेला पनि हो । विशाल यान्त्रिक उपकरणहरूले उत्पादन वेस्सरी बढाइदिन्छन् । उत्पादनका साधनहरूका साथै श्रमिकवर्गको चेतना पनि बढ्दै जान्छ । ज्ञानविज्ञान, कला, साहित्य, संस्कृतिको विकासको आम चेतनास्तरको वृद्धि हुन्छ । सर्वहारावर्गले पु“जीपतिवर्गको शोषण र शासनसमेत अहिलेसम्मको सारा शोषकीय व्यवस्थाको लेउलाई उक्काउने, पखाल्ने र समाजलाई नया“ मुक्त जगमा टेकाउने समाजबादी क्रान्तिको नेतृत्व गर्ने योग्यता आर्जन गर्दछ । कम्युनिष्ट पार्टी बन्दछ । माक्र्सवादी विश्व–दृष्टिकोणको विस्तारका साथै इतिहासको द्वन्द्वात्मक भौतिकवादी ज्ञानले सर्वहारावर्गलाई सुस्पष्ट र अजेय वैचारिक साधन उपलब्ध गराउ“दछ । परिणामतः समाजबादी क्रान्तिकालमा लाखौंलाख जनता गोलबन्द हुनथाल्दछन् ।
समाजबादमा पुग्दा इतिहास–निर्माणका सम्पूर्ण पक्षमा सबै जनताको सचेतन भूमिकामा अभूतपूर्व अभिवृद्धि हुन्छ ।
यस प्रसङ्गमा व्ला.ई. लेनिनको यो भनाइ मननीय छ, “ऐतिहासिक घटनाहरूको क्षेत्र र व्यापकता जति ठूलो हुन्छ, तिनमा सहभागी जनताको सङ्ख्या पनि उत्रै हुन्छ । अकोतिर हामी जति गहन परिवर्तन ल्याउन चाहन्छौं, त्यति नै बढ्ता त्यसतर्पm रुचि र बुद्धिमत्तापूर्ण प्रवृत्ति जगाइदिनु पर्छ तथा लाखौं–करोडौं जनतालाई यो आवश्यक छ भन्ने कुराको पत्यार दिलाइदिनु पर्छ । अन्तिम विश्लेषणमा हाम्रो क्रान्तिले अन्य सम्पूर्ण क्रान्तिलाई धेरै पछाडि पारिदिने कारण के हो भने यसले सोभियत शैलीको सरकारद्वारा पैला राज्यको विकासमा कुनै रुचि नै नभएका लाखौं–करोडौं जनतालाई राज्यको निर्माणकार्यमा सक्रिय भूमिका निर्वाह गर्न जागृत गराइदिएको छ । (उपर्युक्तबाट)

४. मानिसको अबधारणा ः

समाज, सामाजिक संरचना, वर्ग, समुदाय आदि, सामाजिक चेतना र ऐतिहासिक विकासमा जनताको भूमिकाको बारेमा जानकारी पाइसकेपछि अब “मानिस” के हो, मानिसको सारतत्व के हो, त्यस विषयमा बु¤नु आवश्यक छ ।
मान्छे हाड–मासु,–छाला–रगतले बनेको निश्चित आकार र अङ्गप्रत्यङ्ग भएको जीवित प्राणी अर्थात हेर्दा अरू जीवहरूभन्दा पृथक देखिने प्राणीमात्र होइन, यो एउटा नृतात्विक अबधारणा मात्र होइन माक्र्सवादले मानिसलाई समाज, देश, काल, परिस्थितिबाट पृथक विशुद्ध अस्तित्वको रूपमा हेर्दैन, समाजको सापेक्षतामा, प्रत्येक व्यक्तिका गुणहरूको समग्रताको अस्तित्वको रूपमा हेर्दछ । माक्र्सले भन्नुभयो, ”मानिसको सार भनेको प्रत्येक व्यक्तिमा अन्तर्र्निहीत पृथकता होइन । वास्तवमा यो सामाजिक सम्बन्धहरूको सर्माष्ट हो ।” (माक्र्सवादी–लेनिनवादी दर्शनशास्त्र, प्रगति प्रकाशन मस्को, अनुवादक– एन्.पी. आचार्य)
मानिसको निर्माणमा प्रकृतिले, एक प्रकारले ‘कच्चा पदार्थ’ सम्म दिएको हो । यो आज देखिने मानिस सर्लक्कै यस्तै प्रकृतिले जन्माएको होइन । एकदम सुरुको मान्छे त अरू जङ्गली जनावरहरू सरहको एउटा वनवासी जीवमात्र थियो । उसको त्यो जैविक अस्तित्वलाई मानवसत्तामा रूपान्तरण गरिदिने मूलतत्व श्रम हो । मानिसको रूप र सारसमेतलाई कसरी श्रमले फेरिदियो र कसरी बा“दर मानिस बन्यो भन्ने कुराको वैज्ञानिक विश्लेषण एङ्गेल्सकले आÏनो “बा“दरबाट मानिस बन्ने क्रियामा श्रमको भूमिका” नामक रचनामा गर्नु भएको छ । पु“जी, खण्ड–१ मा माक्र्स भन्नुहुन्छ, श्रम “ प्रकृतिद्वारा लागू गरिएको …..स्थायी आवश्यकता हो ।” श्रमद्वारा विकसित मानिसको रूपसार मानिसको अभिन्न प्राकृत तत्व बनेको छ भने श्रमले बनाएको संसार अर्को प्रकृति वा दोस्रो प्रकृति वा भनौं मानवसिर्जित प्रकृति बनेको छ । यसरी मानिस प्रकृति र श्रमको योग हो ।
श्रम भनेको एक्लो एकजनाको श्रम होइन । श्रमले मानिसलाई आपसमा जोड्दछ, परस्पर अनेक सामाजिक सम्बन्धहरूमा गा“सिदिन्छ । तिनै सामाजिक सम्बन्धहरूको समग्रता वा समष्टि मानिस हो ।

५. व्यक्तित्व

मानिस एउटा समष्टिको अबधारणा हो भने व्यक्तित्व एउटा व्यष्टि अर्थात एउटा निश्चित मानिसको अबधारणा हो । त्यसकारण प्रत्येक मानिस एउटा खास व्यक्तित्व हो । व्यक्तित्वमा व्यष्टिगत, विशिष्ट र सामान्य तीनै किसिमका लक्षण हुन्छन् । त्यसैले ऊ ती तीनवटै पक्षको एकीकृत रूप हो । हरेक व्यक्तित्वमा श्रम गर्ने, सोच्ने, भाषाको प्रयोगद्वारा आÏनो कुरा भन्ने र अरूका सुनेर बु¤नेजस्ता सबै मानिसमा पाइने आम लक्षणहरू हुन्छन् । उसका आपूm रहेको जाति÷जनजाति, समुदाय, वर्ग, राष्ट्र, पार्टी, वर्गीय सङ्गठन, कार्यक्षेत्र अर्थात पेसा आदिका विशिष्ट चारित्रिक विशेषता हुन्छन् । यसका साथै व्यक्तिमा उसका आÏनै गुण, स्वभाव, रुचि–अरुचि आदि व्यष्टिक कुराहरू पनि हुन्छन् र तिनैले उसलाई अरू मानिसभन्दा पृथक गराउ“छन् चिनिने बनाउ“छन् । ती तीनैवटा लक्षणहरूको ऐक्यले एउटा व्यक्तित्व बन्दछ ।
यसप्रकारले व्यक्तित्व भनेको जुन समाजमा ऊ रहेको छ, त्यसैको उत्पादन हो । उसको व्यक्तित्वलाई निर्माण गर्ने सामाजिक परिवेश फेरिएपछि व्यक्तिमा पनि विस्तारै नया“ परिवर्तन आउ“छन् । जस्तै, कुनै बुद्धिजीवीले लामो समयसम्म मजदुरी ग¥यो भने उसमा मजदुरकै व्यक्तित्वको विकास हुन्छ, गरिव किसान धनी किसान वा सामन्त हुनपुग्यो भने उसले पुरानो व्यक्तित्व छाडेर नया“लाई ग्रहण गर्दछ ।

६ व्यक्तित्वमा रहेका ऐतिहासिक रूपहरू

एउटै समाजको उपजका रूपमा रहेका व्यक्तिहरू पनि किन एकदमै एउटै किसिमका हु“दैनन् ? किन उनीहरूमा चारित्रिक, स्वभावगत विभिन्नता देखिन्छ ?
यसको पहिलो कारण, हरेक समाजका उसका ऐतिहासिक भिन्नता हुन्छन् । दाससमाजकोे जुनसुकै व्यक्ति र पु“जीवादी समाजको मानिसमा फरक पाइन्छ । अर्को दोस्रो, एउटा सामाजभित्र पनि यदि त्यो शोषणमूलक समाज हो भने, मुख्य २ खाले व्यक्तिहरू हुने भए । जस्तै, दासप्रथात्मक समाजमा कमारा र तिनका मालिक, सामन्ती व्यवस्थामा भूदास र सामन्ती प्रभुहरू, प“ुजीवादी समाजमा– मजदुर र पु“जीपति । तेस्रो, एउटै समाजमा पनि पुरानो समाजका अबशेष रहने भएकाले कोही त्यस पुरानो समाजको स्मृति–अबशेषका वाहक, कोही वर्तमानका धारक र कोही भविष्यको भू्रणका प्रबोधक हुन्छन् । त्यसले व्यक्तिहरूमा भिन्नता ल्याउ“छ ।
एउटै समाजभित्र पनि व्यक्ति कसरी एउटा ऐतिहासिक परिघटना हो भन्ने देखाउ“दै लेनिनले भन्नुभयो, “जुन कमारालाई आÏनो दासअबस्थाको चेत छ र लड्छ, ऊ क्रान्तिकारी हो । जुन कमारालाई आÏनो कमारोअबस्थाको चेत छैन र जसले मौन, अज्ञानी तथा वाणीहीन दासत्वमा गतिशून्य पशुले झैं दिन गुजार्छ, त्यो कमारो कमारैमात्र हो । जुन कमारो आÏनो करिया–अस्तित्वका मजाहरूको स्वादले वयान गरेर मक्ख पर्छ तथा आÏना ‘गुणी’ र ‘कृपालु’ मालिकस“ग दङ्गदास हुन्छ, त्यो नीचतापूर्वक साष्टाङ्ग दण्डवत् गर्ने जङ्गली हो ।’ (भि.आई. लेनिन प्रगति प्रकाशन, मस्कोद्वारा प्रकाशित तथा एन्.पी. आचार्यद्वारा अनुदित ‘माक्र्सवादी–लेनिनवादी दर्शनशास्त्र’बाट)
चौथो, हरेक व्यक्तिमा उसको ‘सूक्ष्म वातावरण’ को प्रभाव पर्छ । संस्कृति, सामाजिक आर्थिक आदि अनेक सम्बन्धका अबधारणा र अभ्यासहरू व्यक्तिमा तिनै सूक्ष्म परिवेश’ अर्थात परिवार, स्कुल, टोल, इष्टमित्र आदिबाट परिरहन्छन्, उसमा खास गुणहरूको निर्माण गरिरहन्छन् । पा“चांंै, व्यक्ति समाज र सामाजिक वातावरणबाट प्रभावितमात्र हु“दैन, उसले तिनलाई प्रभावित पनि पार्छ । त्यस क्रममा उसले जस्ताको तस्तै होइन, आÏनो ढङ्गले, आÏनै रुचि, आवश्यकता, गुणहरूअनुसार मात्र तिनलाई आत्मसात गर्दछ ।

७. व्यक्तित्वको भूमिका ः

माथिनै भनियो समाजले व्यक्तित्वको निर्माण गर्छ । समाजले नै उसका योग्यताको र आÏनो निम्ति उसका आवश्यकताको निर्धारणसमेत गर्दछ । तर इतिहासको निर्माणमा व्यक्तित्वको भूमिका पनि ठूलो हुन्छ । कतिपयले ठान्छन्, कम्युनिष्टहरू व्यक्तित्वलाई समाजको पुर्जामात्र मान्छन् र उसलाई कुनै महत्व दिंदैनन् । तर वास्तविकता त्यो होइन । कतिमात्र हो भने व्यक्तिको इच्छाले ऐतिहासिक विकासको धार बनिन, फेरिन वा रोकिन सक्तैन, वस्तुगत परिस्थितिको विपरीत व्यक्तित्वको इच्छा निर्णायक बन्न सक्तैन । लेनिन भन्नुहुन्छ, “….ऐतिहासिक आवश्यकताको धारणाले इतिहासमा व्यक्तित्वको भूमिकाकालाई अस्वीकार गर्दैन । सम्पूर्ण इतिहास तिनै व्यक्तित्वहरूको कार्यकलापद्वारा निर्मित हुन्छ, जसलाई नेता भनिन्छ ।’ (विक्टर अफानास्येभरचित ‘दर्शनशास्त्रको प्रारम्भिक ज्ञान’ बाट)
तर सबै नेता हु“दैनन् व्यक्तित्वमा जति ठूलो परिमाणमा समाजको प्रगतिको आवश्यकतालाई बु¤ने, ग्रहण गर्ने र मानिसहरूलाई मार्गदर्शन गर्ने क्षमता हुन्छ, उसको नेतृत्वकारी भूमिका त्यति नै ठूलो र व्यापक हुन्छ ।

८. नेताहरूको महत्व ः

इतिहासको निर्माणमा नेताहरूको ठूलो महत्व हुन्छ । नेता भनेको समाजको विकास कुन चरणमा पुगेकोछ, र अब त्यसको अग्रगमनको दिशा र लक्ष्य के हुनुपर्छ त्यो पहिल्याउन सक्ने, समाजमा विद्यमान सकारात्मक र नकारात्मक प्रवृत्तिहरूलाई चिन्ने, सकारात्मक र प्रगतिपक्षीय तत्वहरूलाई सङ्गठित पार्ने, तिनका विरुद्ध जानेहरूलाई परास्त गर्ने र समाजविकासको यात्रामा जनताको अग्रस्थानमा उभिएर उनीहरूलाई बाटो देखाउने भूमिका जसले निर्वाह गर्दछन् उनै नेता हुन्छन् ।
वर्गीय समाजमा नेताहरू पनि वर्गीय हुन्छन् । जनताका शत्रुवर्गका पनि नेता हुन्छन्, उनीहरूले आÏना वर्गबन्धुहरूलाई सङ्गठित पार्छन्, जनतालाई समेत भ्रममा पारेर आÏनो पछाडि हिंडाउ“न बल गर्छन्, क्षणिक सफलता पनि हात पार्छन्, तर यथार्थमा ती इतिहासलाई अगाडि बढ्न नदिने वा पछाडि फर्काउने प्रतिक्रियावादी समूहका नेता भएका हु“दा तिनलाई समाजले नेताको रूपमा स्वीकार्दैन । कालान्तरमा ती अस्तित्वविहीन भएर विस्मृत हुन्छन् ।
नेताहरूबिना प्रगतिशील वर्गले आÏनो पार्टी बनाउ“न, त्यसलाई चलाउन, वर्गसङ्घर्षमा विजय प्राप्त गर्न, राज्यसत्ता खोस्न र त्यसलाई बलियो पार्न सक्तैनन् । लेनिन भन्नुहुन्छ, ‘आन्दोलनको सङ्गठन र नेतृत्व गर्न समर्थ राजनैतिक नेताहरू र आÏना अग्रणी प्रतिनिधिहरू बिना एउटा पनि वर्गले इतिहामा आÏनो प्रभुत्व जमाउन सकेको छैन ।’ (भिक्टर अफानाश्येभ रचित ‘दर्शनशस्त्रको प्रारम्भिक ज्ञान’ बाट)
नेताहरू धीरता, उदात्तता, त्याग, साहस, अनुशासन, कर्मठताजस्ता गुणहरूले पनि सम्पन्न हुन्छन् । उनीहरू नया“ युगलाई भिœयाउन र त्यसका कर्मिहरूलाई माया गर्न जति सक्छन् पं्रगतिविरोधी तत्वहरूप्रति त्यति नै कठोर हुन्छन् । उनीहरूले असल चरित्रद्वारा समाजमा प्रतिष्ठा कमाएका हुन्छन् । यस्ता गुणहरूको साथै वैचारिक र साङ्गठनिक नेतृत्व दिन जति सक्षम हुन्छन्, उनीहरू त्यति नै महान् हुन्छन् ।

९. महान् व्यक्तित्वहरूको उत्पत्ति, उनीहरूका शक्तिको स्रोत र इतिहास निर्माणमा उनीहरूको भूमिका ः

सबै नेताहरू मध्ये पनि महानताको उचाईमा पुग्ने व्यक्तिहरू थोरै मात्र हुन्छन् । जसले जनताको, देशको वा सिङ्गै विश्व–मानवसमुदायको प्रगतिको निम्ति सर्वाधिक महत्वपूर्ण योगदान दिन्छ त्यही नै महान् व्यक्तित्व मानिन्छ । ज्योर्जि प्लेखानोवको भनाइअनुसार “ठूलो मानिस ठूलो हुन्छ, ….उसले युगका ठूला सामाजिक आवश्यकताहरू पूरा गर्न उसलाई सर्वाधिक सामथ्र्यवान बनाउने उसका लक्ष्यणहरूले गर्दा हो …. किनभने ऊ अरूभन्दा परसम्म देख्तछ र उसका आकाङ्क्षा अरूका भन्दा बलिष्ठ हुन्छन् । उसले समाजका बौद्धिक विकासको अबस्थाले उठाएका वैज्ञानिक समस्याहरूलाई समाधान गर्छ, सामाजिक सम्बन्धहरूको पछिल्लो विकासद्वारा सिर्जित नया“ सामाजिक आवश्यकताहरूलाई दर्शाउ“छ ती आवश्यकताहरू पूरा गर्ने काममा नेतृत्व दिन्छ । (प्रगति, प्रकाशन, मस्कोद्वारा प्रकाशित तथा एन्.पी. आचार्यद्वारा अनुदित’ माक्र्सवादी–लेनिनवादी दर्शनशास्त्रबाट)
महान् व्यक्तित्वहरू जहिलेतहिले जन्मिदैनन् । जब इतिहासलाई त्यस्ता व्यक्तित्वको आवश्यकता पर्छ र उनीहरूका उत्पत्तिको वस्तुगत अबस्था तयार हुन्छ अनि मात्र उनीहरू देखापर्छ । उत्पादनको आवश्यकताले वैज्ञानिक आविष्कार र आविष्कारकको जन्म भएझैं विराट आन्दोलनको, जनविद्रोहको, सामाजिक क्रान्तिको विकासकालमा त्यसको आवश्यकताले त्यहींंभित्रबाट अनेक अगुवाहरू, नेताहरूको उत्पत्ति गर्दछ । तीमध्ये पनि सबैभन्दा उत्कृष्ट अगुवाहरूमध्येको पनि अगुवाचाहिं महान् हुन्छ । यसअघि माथि उल्लेख भएभैmं असल नेताका सबै गुणहरू भएको र आÏनो सारा जीवन सामाजिक प्रगतिको निम्ति अर्पिने, उच्च ज्ञान, विशाल बुद्धि, अपरिमित आ“ट र योग्यता, पक्का सङ्कल्प भएको, अरूलाई आपूmतिर तानेर डो¥याउन सक्ने व्यक्तित्वले मात्र महान् ऐतिहासिक आवश्यकतालाई पूरा गर्न सक्तछ । त्यसैले व्यक्तित्वका महान् हुने गुणहरू पनि तिनै हुन् ।
महान् व्यक्तित्वहरूमा सम्पूर्ण समाजको अग्रगमनकारी सङ्कल्प, उनीहरूका समयसम्मको मानवसिर्जित सम्पूर्ण बौद्धिक सार, तत्कालीन समाजको अग्रगमनलाई आवश्यक पर्ने विचारदृष्टि एकत्र भएको हुन्छ । त्यसैले उनीहरूले युृगको प्रतिनिधित्व गर्छन, युृगलाई मार्गदर्शन गर्छन्, अझ कतिले त अगाडि आउने अनेक युगलाई समेत बाटो देखाइरहन्छन् । तर व्यक्तित्वको महानतालाई बु¤नु र मान्नुको अर्थ उनीहरूलाई जनतासरह वा जनतामाथि राख्नुचाहिं उनीहरूका महानताको अतिरञ्जना गर्दै एक प्रकारले उनीहरूको अपमान गर्नु हो । विकासको एउटा स्तरमा पुगेका जनताकोृ आवश्यकताले गर्दा उनीहरूलाई इतिहासले जन्माउ“छ, उनीहरूले जनताभित्र रहेर उनीहरूको त्यस आवश्यकतालाई पूरा गर्ने काममा अगुवाई गर्छन् । इतिहास बनाउने त जनताले नै हो । साम्यवादी समाजको दृष्टि माक्र्स–एङ्गेल्सले आविष्कार गर्नु भयो, हामीलाई दिनु भयो । तर साम्यवादको निर्माण गर्ने काम त जनताले गर्छन् । त्यो पनि आजका जनताले होइन, ती सुदूर भविष्यका जनताले जो अहिले अस्तित्वमा आइ नै सकेका छैनन् । ऐतिहासिक विकासको त्यस कालखण्डमा नपुगिकन त दश जोर कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सले एक ठाउ“मा जम्मा भएर बुद्धि जोते पनि आजै साम्यवाद ल्याउन सक्तैनन् ।
महान् व्यक्तिहरू सर्बशक्तिमान होइनन् । उनीहरूको शक्तिको स्रोत समाज नै हो त्यसबाहिर कतैबाट उनीहरूको शक्ति आउने होइन उनीहहरुले समाजकै सर्वश्रेष्ठ प्रतिनिधिको रूपमा आपूm जीवित रहेका समाजका जनताको नेतृत्व गर्ने हो, र आÏनो विचारमा त्यस्ता दूरगामी महत्वका तत्व भए, पछि आउने समाजकै नेताहरूको नेतृत्वमा उसबेलाको जनताले क्रियान्वयन गर्नेगरी आÏना ती महान् विचारहरू छाडिजाने र त्यसरी पछिकालाई सामान्य प्रकृतिको परोक्ष नेतृत्व दिने हो । त्यसैले कम्युनिष्टहरू जे पनि गर्न सक्ने ठानेर महान् व्यक्तित्वको पूजा गर्ने कुराको विरोध गर्छन् । कम्युनिष्टहरूले अन्धभक्त भएर जत्रोसुकै महान् व्यक्तित्वको पछिपछि हिंड्नु हु“दैन र जनतालाई पनि त्यसमा उत्प्रेरित गर्नु हु“दैन ।
कालमाक्र्स र पे्रmडरिक एङ्गेल्स, अनि पछि उहा“हरूका सुयोग्य शिष्य व्लादिमिर इल्यिच लेनिन खास रूपमा श्रमजीवी वर्गका र आम रूपमा मानवसमाजकै माथि बयान गरेजस्ता महान् नेताहरू हुनुहुथ्यो भने उहा“हरूपछि माओ जेदोङ्ग, होचिमिन्हजस्ता नेताहरूले उहा“हरूको वैचारिक र उत्प्रेरक पथप्रदर्शनमा हिंडेर आÏनो विशिष्ट समाजको नेतृत्व मात्र गर्नु भएन, विश्वसमाजलाई समेत गहिरो प्रभाव पार्नु भयो । लेनिनपछि विश्व–श्रमजीवीवर्ग र मानवसमाजलाई माओ जेदोङ्गको ठूलो योगदान छ । उहा“हरू प्रतिभावान सिद्धान्तकार, क्रान्तिकारी आन्दोलनका सङ्गठनकर्ता अगुवा हुनुहुन्थ्यो । उहा“हरूले जनताबाट सिक्तै, समाजका क्रान्तिकारी अनुभवलाई एकत्र गर्दै, तिनको संश्लेषण गर्दै जनताभित्र रहेर जनतालाई नेतृत्व दिने काम गर्नु भयो । समाजविकासको विज्ञान र त्यसको नेतृत्वकलाले आÏनो र भावी पुस्तालाई समेत समृद्ध बनाउनु भयो । त्यसैकारण उहा“हरू महान् हुनुभएको छ ।

अध्याय– ११
संस्कृति र समाज

१. संस्कृति के हो ?

सर्वसाधारण मानिसहरूले नृत्य, गायन, वादन र मन्दिर, मूर्ति आदि सम्मलाई मात्र सांस्कृतिक वस्तु र तिनको योगलाई संस्कृति सम्झिने गर्छन् । ती पनि संस्कृतिका अंश त हुन् । तर त्यो संस्कृतिसम्बन्धी पूर्ण अबधारणा होइन ।
संस्कृति भन्ने शब्द ‘संस्कार’ बाट आउ“छ जसको अर्थ हुन्छ परिष्कार वा परिमार्जन अर्थात मा¤ने काम । यसको समानार्थी अङ्ग्रेजी शब्द ऋगतिगचभ ल्याटिन भाषाको ऋगतिगचब बाट आएको हो । त्यसको अर्थ खनजोत गर्नु, परिष्कार गर्नु हुन्छ । व्यापकतम अर्थमा प्रकृतिभन्दा भिन्न सामाजिक विकासको ऐतिहासिक विशिष्टतालाई प्रदर्शन गर्नेजति सबै कुरा संस्कृति हो । अर्थात प्रकृतिले दिएको बाहेक, मानिसको मानसिक–बौद्धिक श्रम, सीप परेर बनेको जेजति छ त्यो सबैको जोड संस्कृति हो ।
ऐतिहासिक भौतिकवादअनुसार बौद्धिक उत्पादनसहित सम्पूर्ण जीवन संस्कृतिभित्र पर्दछ । तिनमा पनि भौतिक जीवनको उत्पादन प्रमुख हो, आधारभूत हो । त्यो सामाजिक स्वभावको हुन्छ । संस्कृति श्रमजीवी जनता, प्रगतिशील वर्ग र घटकहरूका सामाजिक क्रियाकलापहरूको उत्पादन हो । जीवन र त्यसको सम्पूर्ण क्षेत्रमा मानिसहरूको सामाजिक श्रम तथा तीसम्बन्धी उनीहरूको दृष्टिकोणबाट संस्कृति जन्मिन्छ । त्यसकारण त्यही नै संस्कृतिको स्रोत हो । त्यसैले सामाजिक विकास कुन चरणमा पुगेको छ भन्ने कुराको जानकारी दिन्छ ।
सारतः सामाजिक–ऐतिहासिक व्यवहारको प्रक्रियामा मानिसले प्राप्त गरेको र ऐतिहासिक चरणलाई देखाउने सम्पूर्ण भौतिक तथा आत्मिक उपलब्धीहरूको जम्मा जोड नै संस्कृति हो ।

२. भौतिक संस्कृति

प्राकृतिक प्रहारहरूबाट जोगिने, जीवननिर्वाहको निम्ति प्रकृतिस“ग जुध्ने र विकासको क्रममा प्राकृतिक शक्तिहरूमाथि प्राप्त गरेको विजयलाई देखाउने सारा कुराहरू भौतिक संस्कृतिभित्र पर्दछन् । श्रमलाई कसरी सङ्गठित गरिएको छ, श्रमका साधनहरूको विकासको अबस्था के छ, उत्पादनमा प्रयोग गरिने सीप, प्रविधि र सामथ्र्य कस्तो छ, मानिसको भौतिक विकासको स्तर के छ, उनीहरूका दैनिक जीवनका आवश्यकताको पूर्ति कसरी हुन्छ ती सबैलाई अभिव्यक्त गर्ने भौतिक वस्तुहरू संस्कृतिका अंशहरू हुन् । मानिसहरूले बनाउने घर, गोठ, कटेरा, पाली आदि, तिनको छवाइ–लिपाइ–पोताइ, आ“गन, घुरेंन, पेटि, करेंसा आदि, हलो, कोदालो, आदि, बीउ छर्न–रोप्न बनाइएको माटो, लाउने लुगा, खाट–कुर्सी– सोफा आदि, भा“डाकु“डाजस्ता प्रयोगका अनगन्ति सामग्रीहरू भौतिक संस्कृतिका अङ्गहरू हुन् । लेख्ने कलम, कागतदेखि क्याल्कुलेटर, कम्प्युटरजस्ता र थुप्रै वैज्ञानिक उपकरणहरूले भौतिक संस्कृति देखाउ“छन् ।

३. आत्मिक संस्कृति

आत्मिक संस्कृतिभित्र सूक्ष्म र गुणात्मक उपलब्धिहरू पर्दछन् । विज्ञान, कला, साहित्य, शिक्षा, नीतिशास्त्र, राजनैतिक एवं विधिशास्त्रीय विचारहरू जस्ता कुराहरू आत्मिक संस्कृतिका घटकहरू हुन् । मानिसका जीवनप्राप्तिका दृष्टिकोणहरू विविधतापूर्ण आस्थाहरू र तिनका अभिव्यक्तिजन्य व्यवहारहरू, सोच–विचार–चिन्तन–भाषा, बोलीचाली– आदि सारा चिजहरू संस्कृतिको आत्मिक पक्षमा पर्दछन् । आत्मिक संस्कृतिका उत्पादन तथा पुनरुत्पादनहरू पनि संस्कृतिकै विषयवस्तु हुन् ।

४. भौतिक र आत्मिक संस्कृतिको पारस्परिक सम्बन्ध ः

प्रत्ययवादी विचारहरू आत्मिक संस्कृतिलाई त्यसको भौतिक आधारबाट छुट्ट्याएर हेर्छन् र समाजमा पुगिसरीआउने ठूलाठालुहरूको सिर्जनाको रूपमा प्रस्तुत गर्दछन् । वास्तवमा आत्मिक संस्कृतिको स्रोत र आधार नै भौतिक उत्पादन हो । भौतिक उत्पादनपद्धतिमा परिवर्तन आएपछि यो पनि फेरिन्छ ।
ऐतिहासिक भौतिकवादअनुसार संस्कृतिका यी दुवै पक्षबीच द्वन्द्वात्मक एकताको सम्बन्ध हुन्छ । आत्मिक संस्कृति अपेक्षाकृत स्वतन्त्र भएता पनि त्यो भौतिक संस्कृतिबाट एकदमै पृथक र स्वतन्त्र होइन । आÏनो त्यस आधार र स्रोतबाट आत्मिक संस्कृति जति स्वतन्त्र भए पनि धेरै टाढा जान सक्तैन । संस्कृतिका यी दुई पक्षको सम्बन्ध देखाउ“दै लेनिनले भन्नुभयो, “सुसंस्कृत हुनका निम्ति उत्पादनका भौतिक साधनहरूको निश्चित विकास हुनु आवश्यक छ ।”
आत्मिक संस्कृतिले भौतिक संस्कृतिबाट प्रादुर्भंूत भएर त्यसैमा आधारित रह“दै फेरि त्यसलाई प्रभावित पनि पारिरहन्छ । त्यसले भौतिक संस्कृतिको संरक्षण, परिमार्जन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ, तर फेरि त्यो फेरिएपछि आपूm पनि तदनुसार नै फेरिन्छ पनि ।

५. वर्गीयता र संस्कृति ः

अरू सबै चिजहरू भैmं वर्गीय समाजमा संस्कृति पनि वर्गीय चरित्रको हुन्छ । संस्कृतिका सर्जक जनता हुन् । भौतिक संस्कृतिको निर्माण श्रमजीवीवर्गले गर्छ, तर त्यसलाई आÏनो निजी बनाउ“छ शोषकवर्गले । त्यसकारण समाजमा जुन वर्ग प्रभुत्वशाली छ त्यहा“को संस्कृतिमा पनि उसैको छाप पर्दछ ।
दासप्रथात्मक र सामन्ती समाजमा संस्कृतिमाथि दासमालिक र सामन्तवर्गको कब्जा, शोषितहरूको वर्गीय चेतना र सङ्गठनमा कमजोरी, समाजविकासका नियमको वैज्ञानिक ज्ञानको अभावले गर्दा शोषकवर्गीय संस्कृति नै समाजको संस्कृतिका रूपमा देखापर्ने प्रवृत्ति समाजभरी नै आरूढ भएको हुन्छ, आत्मिक संस्कृतिका स्थायी मूल्यहरू समेत विकृत बनेर शोषकवर्गको सेवामा लगाइएका हुन्छन्, तर जतिजति श्रमिकवर्गमा चेतनाको विकास हुन्छ उतिउति संस्कृतिका स्पष्ट दुई धारहरू— सर्वहारा संस्कृति र पु“जीवादी संस्कृति छुट्टिन थाल्दछन् ।

६. विभिन्न ऐतिहासिक अबस्थामा देखिने सांस्कृतिक विभिन्नता ः

संस्कृति एउटा ऐतिहासिक परिघटना हो । त्यसकारण त्यसको विकास पनि सामाजिक–आर्थिक विरचनाहरूको विकासशील क्रमअनुसार नै हुन्छ । पु“जीवादी व्यवस्था र सामन्तवादी व्यवस्थाका भौतिक, आत्मिक संस्कृतिलाई दा“जेर हेर्ने हो भने तिनका बीचको फरक स्पष्टै देखिन्छ । सामन्तकालीन ग्रामीण परिवेश, मानिसहरूको सुस्त दिनचर्चा, कृषिमा आधारित जीवन, सामन्तहरूको रोब र ठस्सा, पुराना औजारको प्रयोगद्वारा खेतीगराइ, खानपिन, बोलीचाली आदि कुनै कुरा पु“जीवादका स“ग मिल्दैनन् । मानिसको चिन्तनशैली नै भिन्न हुन्छ । हाट–बजारको रचना र तिनमा पाइने वस्तुहरू, हिंड्ने सडक, प्रयोग गर्ने सवारीसाधन, लगायत सबै कुरामा त्यो फरक देख्न सकिन्छ । यसरी एउटा सामाजिक–आर्थिक संरचनाको अर्कोबाट प्रष्ट छुट्टिने आÏनो संस्कृति हुन्छ । अनि फेरि त्योभन्दा पनि उन्नत अर्को संरचनाले त्यसलाई विस्थापित गरेपछि अझैं नया“ संस्कृतिको निर्माण हुन्छ ।
माक्र्स भन्नुहुन्छ– “आत्मिक उत्पादन र भौतिक उत्पादनका बीचको सम्बन्धलाई जा“च्नका निम्ति सर्वप्रथम निश्चित ऐतिहासिक रूपमा स्वयं यस भौतिक उत्पादनलाई जा“च्नु आवश्यक छ । उदाहरणका निम्ति, आत्मिक उत्पादनका विभिन्न प्रकारहरू उत्पादनका पु“जीवादी पद्धतिअनुसारका पनि हुन्छन् र मध्ययुगीन उत्पादनपद्धति अनुसारका पनि ।” (अतिरिक्त मूल्यको सिद्धान्त–पु“जी खण्ड ४, भाग १)
तर संस्कृतिले पुरानो संरचनालाई छाडेर नया“लाई पछ्याउने काम यन्त्रवत गर्दैन । पुरानोबाट सार्वभौमिक अन्तर्वस्तु भएका सांस्कृतिक मूल्यहरूलाई सारेर नया“मा ल्याउँछ, अर्थात जोगाउ“छ र आत्मसात गर्छ । फेरि अनेक जातीय, जनसामुदायिक सांस्कृतिक तत्वहरू पनि समाजमा हुन्छन् । तिनको संरक्षण आवश्यक हुन्छ । यी विभिन्न कारणहरूले गर्दा पुरानो संरचना फेरियो कि साटसुट्टै नया“ संस्कृति आइहाल्ने हु“दैन । संस्कृति नया“ संरचनाको सारअनुरूप फेरिन त फेरिन्छ तर माथि भनेभैmं कतिपय पुराना तत्वलाई जोगाउ“दै र सांस्कृतिक विकासको आÏनै पारम्परिकतालाई कायम राख्तै अर्थात आÏनो सातत्यको सूत्रलाई नचु“डाउने गरी ।

७. पु“जीवादी समाजमा संस्कृति ः

पु“जीपतिवर्ग आÏनो प्रारम्भिक कालमा प्रगतिशील छवि बोकेर आएको थियो । ऊ स्वतन्त्रता, समानता र भ्रातृत्वको प्रचार गथ्र्यो । उसका आत्मिक संस्कृतिमा थोत्रो सामन्तवादको पतन र नया“ पु“जीवादको स्थापनाको निम्ति प्रगतिशील तत्वहरू प्रशस्तै थिए । तर जब उसले हरेक कुरालाई मुनाफाको अधीनस्थ राख्ने र झन्झन् निर्लज्ज तरिकाले श्रमिक र अब जनतालाई चुस्ने व्यहोराको विकास ग¥यो, अझ जब ऊ साम्राज्यवादी अबस्थामा पतीत भयो, उसका प्रगतिशीलताका लक्षणहरू समाप्त हु“दै गए । उसका घिनलाग्दा सांस्कृतिक उपद्रवहरू देखिंदै गए ।
पु“जीवादमा कविता, कथा, उपन्यास, नाटक कलाकृतिहरू, फिल्मजस्ता सांस्कृतिक उत्पादनहरू केवल नाफाका लागि गरिएका लगानी हुन्छन् । तिनमा जीवनका उच्च नैतिक, चारित्रिक मूल्यहरूको विकास गर्ने होइन, जनतामा तीप्रति सस्तो रुचिको वानी बसाएर नाफा कमाउने, अर्को शब्दमा जनताको बानी विगार्ने र उनीहरूलाई नै लुट्ने उद्देश्य राखिएको हुन्छ । साम्राज्यवादले संस्कृति र नैतिक मूल्यहरूमा ठूलो ह्रास ल्याउ“छ । निराशा, छाडापन, हिंसा, सामाजिक अराजकता, प्रतिहिंसा बदला, द्वेष, दुव्र्यसन, अश्लिलता, षड्यन्त्र, राजनैतिक धोकेबाजीलाई पैmलाउने गरी साहित्यिक पुस्तकहरू, कलात्मक रचनाहरू, सिनेमा, टेलिभिजनजस्ता प्रचार–माध्यमहरूले रातदिन विकृत र मानवताविरोधी अपसंस्कृतिको प्रचार गरिरहन्छन् । त्यसैलाई पु“जीवादले महान् स्वतन्त्रताको रूपमा प्रचार गर्छ । ठूलो युवा–समाज राजनैतिक विषयवस्तुबाट पृथक रहेर त्यस अधपतनको गर्तमा भासिंंदै जान्छ । पु“जीपतिहरू आÏनो निर्लञ्ज र विवेकहीन मुनाफाकारी व्यवसाय बढाइरहने आÏनो राजनीतिलाई निरापद तुल्याइरहने कोशिष गर्दछन् ।

८. समाजबादी संस्कृति

पु“जीवादी व्यवस्थाकालमा सर्वहारावर्गभित्र भ्रूणका रूपमा विकसित भैरहको समाजबादी संस्कृतिले नया“ सामाजिक–आर्थिक संरचनाको अनुकूलता पाउ“छ र फलतः त्यसको विकासले चौतर्फी वेग प्राप्त गर्दछ । जतिजति समाजबादी समाज अगाडि बढ्छ र साम्यवादको नजिक पुग्दै जान्छ उतिउति पुरानो पु“जीवादी व्यवस्थाका अबरोधहरू मलीन, झन् मलीन हु“दै गएर बिलाउ“छन् । आमूल रूपान्तरित नया“ मानिस नया“ सामाजका नया“ सदस्य हुनपुग्छन् । समाजले पूरै का“चुली फेर्दछ ।
समाजबादमा योजनाबद्ध र उद्देश्यपूर्ण रूपमा सांस्कृतिक विकास गरिन्छ । जनताले त्यसमा सचेतन ढङ्गले भाग लिन्छन् । समाजबादमा सबै मानिसहरू श्रमिक, र उत्पादनको साधनका मालिक बन्दछन् । यसरी श्रम बन्धनमुक्त भएपछि त्यसले अभूतपूर्व रूपमा भौतिक संस्कृतिको उत्पादनलाई गति प्रदान गर्दछ । ज्ञान–विज्ञान, प्रविधि, साहित्य, कला, शिल्प आदि अनेक क्षेत्रमा आत्मिक संस्कृतिको नवसिर्जनाका सम्पूर्ण ढोकाहरू उघ्रिन्छन् । भौतिक–आत्मिक सांस्कृतिक मूल्यका उत्पादक, भोक्ता र मालिकसमेत जनतानै भए पछि संस्कृतिको क्षेत्रमा रहेका पुराना वर्गीय अन्तरविरोधहरू मासिन्छन् । सबै शिक्षित, सबै अभावमुक्तहरूको त्यस समाजमा सुसंस्कृत, शिष्ट, सभ्य र इमानदार व्यवहार मानिसहरूको आम चरित्र बन्दछ । समाजबादी संस्कृतिमा समाजबादी देशभक्ति, सर्वहारा अन्तर्राष्ट्रियतावाद, वास्तविक मानवतावाद सामूहिकता, विवेकशीलता, शोषणमूलक व्यवस्थाका, अबशेषहरू विरुद्धको सङ्घर्ष र व्यक्तित्वको सर्वाङ्गीण विकास समाजबादी संस्कृतिका विशेषताहरू हुन् । समाजबादी संस्कृतिको स्वरूप राष्ट्रिय, अन्तर्वस्तु समाजबादी र भाषा अन्तर्राष्ट्रिय हुन्छ । साम्यवादतर्पm विकसित हु“दैजा“दा समाजको प्रत्येक सदस्यका निम्ति योग्यताअनुसारको श्रममा भाग लिनु सहज र स्वाभाविक विषय बन्दछ । त्यहा“ सामान्यत ः कुनै करकाप र जोरजुलुमको आवश्यकता नै पर्दैन । मानिसले हज्जारांै वर्षदेखि आÏनो आदर्श कामनामा जीवित राख्तैआएका सच्चरित्रवान र नैतिक मानिसको भौतिक र आत्मिक संस्कृतिले सम्पन्न, उन्नत, सुखी र समानहरूको त्यो समाज नै मानवजातिको काम्य गन्तव्य हो ।

९. सांस्कृतिक क्रान्तिबारे दुई शब्द

सांस्कृतिक क्रान्तिबिना शोषणमुक्त समाजको आत्मिक संस्कृतिबाट मुक्ति र साम्यवादोन्मुख नया“ समाजबादी संस्कृतिको निर्माण हुन सक्तैन । समाजबादी क्रान्तिले मात्र त्यस क्रान्तिको निम्ति वातावरण तयार पार्दछ ।
लेनिनले समाजबादमा सांस्कृतिक क्रान्तिको आवश्यकताबारे औल्याउनु भएको थियो । सांस्कृतिक क्रान्ति अनिवार्य आवश्यकता हो । त्यसको दिशा, उद्देश्य र त्यसका निम्ति समाजको सचेतन प्रयत्नको आवश्यकता पनि अस्पष्ट छैन । तर त्यस सांस्कृतिक क्रान्तिका विधि र रूपहरू के हुन् ? ती बारे छलफल गर्नु पर्दछ ।
राजनैतिक क्रान्ति र सांस्कृतिक क्रान्तिको स्वरूप एकदमै उस्तै हु“दैन । राजनैतिक क्रान्तिको तारो क्रान्तिकारी जनताबाट वाहिर रहेको शत्रुवर्ग र उसको सत्ता हुन्छ भने फेरि अघि नै भनियो संस्कृति उत्पादनपद्धतिमा आधारित भए पनि उसको अपेक्षाकृत स्वतन्त्र स्वभाव पनि हुन्छ । त्यसैले त्यसको विकास र बिनाशमा त्यस स्वभावले भूमिका खेल्दछ । जनताका मस्तिष्कमा पुस्तौंदेखि गहिरो जरा गाडेर बसेका पुराना संस्कृतिका छापहरू चानचुने कोशिषले र छोटै समयमा गैहाल्दैनन् । कतिपय सांस्कृतिक तत्वहरू लामै समयसम्म रहन्छन् । आर्थिक–राजनैतिक क्रान्तिकै शैलीमा तिनलाई हटाउन खोज्नु जनता र त्यस क्रान्तिको नेतृत्व गर्ने पार्टीका बीच अन्तरविरोध बढाउनु हो । जनताले खुशीले छाड्न तयार नभएका कुरालाई करकापले मास्नु हु“दैन । यसो गरियो भने कतिपय घटनाहरूमा सत्ताका भयले गर्दा अबयक्त रहेको त्यो अन्तरविरोधले छिप्पिन र झाङ्गिन पायो भने कालान्तरमा शत्रुवर्गीय अबशेषका प्रतिक्रान्तिकारी प्रयत्नहरूस“ग मिसिएर त्यसले समाजबादका विरुद्ध घातक रूप लिन सक्छ, वा जनताका समर्थनको अभावमा समाजबादभित्रैबाट प्रतिगमनतर्पm शान्तिपूर्ण रूपान्तरण हुन सक्छ ।
सांस्कृतिक क्रान्तिका योजना बनाउ“दा जनताभित्रै रहेर उनीहरूको मनोविज्ञानलाई समेत ध्यानमा राख्तै बनाउनु पर्ने हुन्छ । तुरुन्त फेर्नु पर्ने र त्यसका निम्ति जनता सहजै तयार हुनसक्ने विषय के के हुन्, फेर्नु पर्ने तर शिक्षादीक्षा र अनुभवप्राप्तिका निम्ति लामो समय लगाउनु पर्ने पक्ष के हुन् र अनावश्यक तर जनसमुदायहरूले अभ्यास गरिरह“दा पनि समाजको अग्रगतिलाई नोक्शान नपार्ने कुरा के हुन्, तिनलाई नपर्गेलिकन पुरानो विश्वास, धार्मिकलगायत अनेक कृत्यका परम्पराहरूलाई मास्ने काममा हात हाल्नु सांस्कृतिक क्रान्तिको सही तरिका होइन । भौतिक सांस्कृति आत्मिकको जग भएको हु“दा प्रथमतः भौतिक पक्षको चौतर्फी विकास आवश्यक छ । त्यसले पुरानो आत्मिक संस्कृतिका अधिकांश कुराहरूलाई स्वतः पखाल्छ, निखार्छ । स्वास्थ्यप्रद पक्का घरमा सुविधासाथ बस्न पाए झुप्रो कसले रोज्छ ? सजिलो र उन्नत जीवनचर्याको सम्भावनालाई छाडेर पुरानो असजिलो जीवनलाई मानिसले कतिञ्जेल थामिरहन्छ र ?
नया“ आत्मिक संस्कृतिका विभिन्न पक्षसम्बन्धी अविरल शिक्षादीक्षाद्वारा पुरानोको अनावश्यकताको बोध गराउनु, शत्रुवर्गीय संस्कृतिको अस्तित्व र प्रसारले नया“ उन्नत जीवनमा पर्न सक्ने हानिबारे प्रष्ट्याउनु जनतामा स्वयं तिनलाई अस्वीकार गर्ने चेतना–सामथ्र्य जगाइदिनु, तथा जनताबाटै अनुमोदित गराउ“दै कतिपय सांस्कृतिक हमलाका प्रतिक्रियावादी प्रयत्नमाथि रोक लगाउनु र दण्डित गर्नु पनि पर्छ । जनताको सक्षम चेतनामा परिवर्तन ल्याएर सम्पूर्ण आत्मिक संस्कृतिमा परिवर्तन ल्याउने क्रान्तिको प्रक्रिया सञ्चालन गर्नु जनताकै हार्दिक समर्थन र सहभागिताबिना सम्भव हु“दैन ।
सोभियत सङ्घमा सांस्कृतिक क्रान्ति हुन नसक्ता सोभियत जनताले समाजबादको रक्षा गर्न नसकेको र त्यो भित्रभित्रै पु“जीवादी सत्ताको सिकार भएर अन्ततोगत्वा अस्तित्वहीन बन्न पुगेको र अर्काेतिर चीनमा चर्को र हठात् परिवर्तनकारी ढङ्गले जनताबाट अलग्गिने शैलीमा गरिएको सांस्कृतिक क्रान्ति पनि जनताद्वारा स्वीकृत नभएको र परिणामतः त्यसले ठूलो आलोचना र विरोध ल्याएको जस्ता ऐतिहासिक प्रसङ्ग पनि छन् । त्यसकारण अरू कुनै पनि समाजबादी मुलुकमा गरिने सांस्कृतिक क्रान्तिहरूमा कम्युनिष्ट पार्टीहरूले उपर्युक्त सबै पक्षतर्पm यथेष्ट ध्यान पु¥याउने गरी तिनका स्वरूप, विधि र प्रक्रियाको निर्धारण गर्ने शिक्षा ग्रहण गर्नु आवश्यक देखिन्छ ।
यस प्रसङ्गलाई टुङ्ग्याउनु अघि माओ जेदोङ्गद्वारा नेतृत्व गरिएको चीनिया“ सांस्कृतिक क्रान्तिसम्बन्धी सन्दर्भमा आएको एउटा छोटो टिप्पणी हेरौं –“देशमा एकपटक क्रान्ति सम्पन्न भएर समाजबादको स्थापना भैसकेपछि पनि विश्वमा समाजबादविरोधी पु“जीवादी–साम्राज्यवादी व्यवस्था रहुञ्जेलसम्म, समाजबादी देशमा पुराना अबशेषहरू छउञ्जेलसम्म जनतामा समेत सांस्कृतिक रूपान्तरण आएर तिनले सर्वथा नवीन संस्कारयुक्त साम्यवादी समाजको निर्माण नगरुञ्जेलसम्म पुरानो समाजतर्पm फर्किने संभावना रहिरहन्छ । तसर्थ त्यसलाई रोक्ने सामथ्र्य समाजबादी व्यवस्थाभित्रै आर्जन गर्नुपर्छ, खोज्नुपर्छ । यस अत्यन्त महत्वपूर्ण र समाजबादको जीवनमरणस“ग सम्बन्धित समस्याप्रति माओ त्सेतुङ सतर्क हुनुहुन्थ्यो । देशविदेशका अनुभवले समेत त्यस्तो सतर्कताको चर्को आवश्यकताबोध गराइरहेका थिए । समाजबादमै स्वार्थी, लोभी, परजीवी, पश्चगामी, पु“जीवादी प्रभावले ग्रस्त मानिसहरू उत्पन्न हुनसक्छन् । तसर्थ तिनको उपचार गर्ने, बाहिरबाट लुकाएर पसाइएका छद्मभेषी विध्वंशक प्रतिगमनकारीहरूलाई तह लगाउने र सिङ्गो समाजमा राजनैतिक, वैचारिक, सांस्कृतिक रूपान्तरण ल्याउने काम कहिले सामान्य र कहिले तुलनात्मक रूपमा कडा दण्डात्मक कारवाइका साथ सञ्चालन गरिनुपर्छ । यी वर्ग–सङ्घर्षकै विविध रूपहरू सहित क्रान्तिका निरन्तरता हुन् ।
“विकसित समाजबादी समाजमा पनि भौतिक र आत्मिक–सांस्कृतिक मात्रात्मक परिवर्तन तथा गुणात्मक फड्काहरू सम्पन्न भैरहन्छन् । यो सामाजिक अस्तित्वको अनिवार्य सर्त नै हो । यसलाई रोक्नु वा नमान्नु माक्र्सवादलाई नमान्नु, समाजमा ऐतिहासिक विकासको नियमलाई अस्वीकार गर्नु, नटेर्नु हो । त्यो परिवर्तन कुन समयमा कुन रूपले कत्तिको तीव्रता र मन्दताकासाथ सम्पन्न हुन्छ र त्यसले कस्ता तत्कालिक वा दूरगामी परिणामहरू उत्पन्न गर्छ भन्ने कुरा समाजका विभिन्न अन्तरविरोधहरू कसरी सञ्चालित छन्, तिनको समाधान यथोचित विधिपूर्वक समयमै भैरहने गरेको छ कि छैन ? अन्तध्र्वशकारी प्रतिक्रियावादी आक्रमणको विरुद्ध समाज र त्यसको सञ्चालक शक्ति कत्तिको सावधान र सक्षम छ, प्रत्यक्ष वाह्य आक्रमणको स्थिति विद्यमान छ छैन ? र अझ समग्रमा, समाजबादी समाजको निर्माण र त्यहा“का अन्तरविरोधहरूको समाधानसम्बन्धी माओ त्सेतुङ्गका विचारहरूलाई मार्गदर्शकको रूपमा कत्तिको मानिएको र प्रयोग गरिएको छ भन्ने कुरामा निर्भर गर्दछ । सामान्यतयाः समाजबादी क्रान्ति नै पनि शान्तिपूर्ण ढङ्गले हुन सक्ने अबस्थाको उत्पादक भीषण रक्ततापूर्ण एउटा क्रान्ति सम्पन्न भएर सर्वाधिक प्रगतिशील वर्गको नेतृत्वमा चलेको समाजमा क्रान्तिका ती निरन्तरताहरू तुलनात्मक रूपमा शान्त र व्यवस्थित, संस्थागत र स्थापित पद्धतिसङ्गत हुनुपर्ने स्वाभाविक अपेक्षा गरिन्छ ।

यसरी सिद्धान्तत ः समाजबादमा क्रान्तिको निरन्तरता र पटक–पटकका सांस्कृतिक क्रान्तिहरू स्वाभाविक र अनिवार्य प्रक्रियाहरू हुन् ।”

–एन्.पी. आचार्य, स्थायी कमिटी सदस्य, नेकपा (माले)

Leave a Reply

Your email address will not be published. Required fields are marked *