विकासको बजेट पार्टी काममा लगाउनु हुन्छ ?

खण्ड १ , स्वप्न र यथार्थ,
September 5, 2017
माक्र्सवादी दर्शन – प्रारम्भिक परिचय १९
September 5, 2017

विकासको बजेट पार्टीका काममा खर्च गर्नु हुन्छ ? यो प्रश्न हलुकाजस्तो देखिए तापनि त्यति सजिलै उत्तर दिंन सकिने खालको छैन ।
चर्चा, आलोचना र समर्थनका कुरा पैलादेखि सुनिदैं आएका भए पनि २०७३ असार ३ गते कान्तिपुर दैनिकले छापेको ‘विकास बजेट तीन दलको कार्यालय निर्माणमा’ नामक टिप्पणीमा दृष्टि परेपछि लेखकको ध्यान त्यसतर्फ आकर्षित भएको हो ।
यहा“ कुन जिविस, कुन नगरपालिका, कुन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय कुन कुन गाविस र कुन मन्त्रालयको जिम्माका रकम कहा“का पार्टी–भवन बनाउने काममा लगाइए त्यसको चर्चा गर्नु यस लेखको उद्देश्य होइन । जुन कामको निम्ति रकम आएको हो त्यही काममा त्यो रकम खर्च गरियो कि गरिएन, त्यो त्यही दिने निकायले हेर्नु पर्छ । लक्ष्यित समुदायको निम्ति आएको रकम अन्यत्र खर्च भएको भए त्यही समुदायले खोजनीति गर्नुपर्छ र त्यसो भएकोमा क्षतिपूर्ति माग्नु पर्छ, नदिए विधिसम्मत प्रक्रियाद्वारा दिन बाध्य पार्नुपर्छ । त्यति गर्दा नभए आन्दोलन मच्चाउन सकिन्छ । त्यसैले त लोकतन्त्र । सोझा, निमुखा, विपन्न, अभावग्रस्त समुदाय वा क्षेत्रहरूको रकम ठूलाबडाहरूले एक्लाएक्लै वा आपसमा मिलेर अर्कै काममा लगाइदिने र त्यसका विरुद्ध आवाज उठाउन नपाइने, अनि विरोध गरिनै हाले पनि उनीहरूले कानमा तेल हालेर बसिदिने, जनताको हक चाहिं मरेको म¥यै हुने चलन हामीलाई मन परेन, त्यसो गर्ने शासक र तिनीहरूका मान्छेलाई हामीले खपेनौं । अनि लोकको तन्त्र अर्थात् जनताको व्यवस्था भनेर लोकतन्त्र ल्यायौं । अब अझै पनि जनताका नामको धन जनताबाट चुनिएका शासनाधिकारीहरूका खलकहरूको आपसी सल्लाहमा उनीहरूले नै चाहेका ठाउ“मा उनीहरूका घर, आ“गन, झ्याल, कौसी, छत, कोठा र फूलबारी सिंगार्न खर्च भइरहने हो भने र जनताले माड पिउन नपाउने हो भने किन ल्याइयो लोकतन्त्र ? किन थापियो तिनीहरूलाई नेता ? सबै जाति–जनजातिका विपन्न वर्गहरू, ज्येष्ठ नागरिक, दलितलाई फाइदा पुग्ने कार्यक्रम शीर्षकमा कुनै पार्टीको घर बनाउन लाखौं रुपिया“ विनियोजन गर्दा हुन्छ भने विगतमा हरितन्नम दरिद्रको गा“स र मरणासन्न रोगीको औषधी खोसेर आफ्नो महल ठड्याउने खानदानी महाशयहरूभन्दा यी कति कुरामा भिन्न भए ? बालबालिकाको निम्ति दूध किन्न, सुक्खा जमिनमा पानी ल्याएर रसिलो, हरिलो–भरिलो र फलाइलो बनाउन सकिने कुला खनाउन, रोगीको प्राणरक्षा गर्ने स्वास्थ्य केन्द्रहरू बनाउन, खोलाको धमिलो पानी खाएर बिरामी पर्न बाध्य जनतालाई सफा खाने पानीको व्यवस्था गर्नेजस्ता काममा लगाउन सकिने पैसा शासक जमातले आफ्नै अड्डा बनाउन, आफ्नै कचहरी घर सजाउन खर्च गर्ने हो भने किन चाहिए ती स्वार्थलिप्त नया“ महाजनहरू ?
कुनै पनि एउटा प्रयोजनको निम्ति छुट्टयाइएको रकम त्यहा“ खर्च नगरी अन्तै लैजानु आर्थिक विचलन त हो नै । त्यसमाथि पनि विपन्नहरूका निम्ति, बालबालिका र अशक्तहरूका निम्ति र कुनै पनि विकास–निर्माणका कामका लागि तोकिएर आएको रकम कुनै पार्टी वा कसैको घर बनाउनका निम्ति खर्च गर्नु त क्षतिपूर्ति तिर्न बाध्य गराइनु पर्ने किसिमको घोर आर्थिक अनुशासनहीनता हो भनेर जसले पनि भन्न सक्छ । तर म भने यहा“ लोकतन्त्रमा लोकतान्त्रिक विधिको निर्णयलाई स्थापित गर्नुपर्छ मात्र भन्न लागिरहेको छु । अलोकतान्त्रिक र एउटा व्यक्ति वा व्यक्तिसमूह वा सङ्गठनले गरेको निर्णय, यदि त्यो जनताको निर्णय होइन भने, जोसुकैले गरेको किन नहोस् मान्य हुन सक्तैन । त्यसको बैधता (ख्बष्मिष्तथ) रह“दैन । जनताले रुचाउ“दैनन् भने त्यो खारेजयोग्य हुन्छ । गरिब जनताको नाममा आएको रकम उनीहरूकै काममा खर्चिइनु पर्छ भन्ने कुरालाई बेवास्ता गरी अन्यत्र खर्च गर्ने जोसुकै भए पनि ऊ दण्डभागी हुन्छ । उसलाई कानुनबमोजिम दण्डित गरिनु पर्छ र यदि त्यसो हुन नसके जनताले आफ्नो पैmसला गर्न पाउनु अनिवार्यता बन्दछ ।
यी भए जनताको रकम जनताकै निम्ति खर्च गर्नुपर्छ भन्नेहरूका कुरा । अब हेरौं हातमा शक्ति भइसकेपछि आफ्नै लागि चलाए पनि हुन्छ भन्नेहरूका तर्क । एकजना जिल्लातिरका नेता भन्दै थिए— पार्टीको खेतीपाती, बन्दव्यापार, केही छैन , उद्योगधन्दा छैनन् । न पार्टीले नोकरी नै गर्छ । यसले गर्ने भनेको जनताको सेवा मात्र हो । यसको कहा“बाट धन आउ“छ र यसले कसरी चल्नु ? केही न केही रकम त मिलाएर लिनै प¥यो नि । गणेशमान, मनमोहन र मदनजस्ता ब्यक्तिहरु राष्ट्रकै नेताहरू हुन् । जिविसबाट होस् कि नगरपालिका वा सांसद् विकासकोशबाट होस्, उनीहरूको स्मृतिमा निर्माण गर्न आएको रकमले बनेका भवनमा पार्टी कार्यालय बस्यो भने के बिग्रियो ? जनताको विकास–रकमलाई घुमाउरो पाराले पार्टी–बनाउने काममा यसरी लगाउने विधिले धेरैलाई अल्मल्याउ“दो रहेछ ।
पार्टी जनताका हुन् अनि पार्टी कार्यालय पनि जनताकै हुन् । त्यसकारण जनताको सम्पत्ति जोड्न जनताकै धन खर्च गरियो भने त्यो कसरी बेठिक भयो भन्ने तर्क पनि झ्वाट्ट सुन्दा बेमनासिवको लाग्दैन । अझ के पनि भन्न सकिन्छ भने जनताको सेवाकै लागि पार्टीका नेता, कार्यकर्ताहरू समर्पित हुने हुनाले उनीहरू जति स्वस्थ, बलवान् र सुविधासम्पन्न हुन्छन् उनीहरूले त्यति नै बढ्ता सेवा गर्न सक्छन् । यही मान्यतालाई सही मान्ने हो भने उनीहरूलाई आफ्नो काम राम्ररी गर्न सक्ने पार्नका लागि जनताले नखाएर पनि, आपूm घरविहीन भएर पनि उनीहरूलाई बलिया र सुविधासम्पन्न पार्नु पर्छ । त्यति मात्र होइन, उनीहरूका आफन्तहरूलाई पनि जनताले धनाढ्य र सुखी बनाइदिनु पर्छ जसले गर्दा उनीहरूले आफ्नाआफ्ना पार्टीहरूलाई नझिझ्याउन्, कचकच नगरून् र उनीहरूले सारा चिन्तारहित भएर जनताको लागि काम गर्न सकून् । उनीहरूलाई पोषिलो खुवाइ, बलदायक पियाइ र आकर्षक पहिरन मात्र होइन, गाडी–इ“धन, हवाई टिकट, काम गरिदिने सेवकहरू समेत जुटाइदिए उनीहरूले अझ बेस्सरी जनताको सेवा गर्न सक्छन् भन्ने ठाउ“सम्म पु¥याइदिन्छ सोचाइको यस कोणले ।
पार्टी पनि राज्यकै अङ्ग हुन् त्यसकारण तिनीहरूलाई संस्थागत गर्न राज्यले सहयोग गर्नु पर्छ भन्ने तर्क पनि बेठिक नै त होइन होला, तर प्रश्न उठ्छ—पार्टीहरूले राज्यनिर्भर हुने कि जननिर्भर ? आफ्नो निस्वार्थ सेवाद्वारा उनीहरूको माया जितेर उनीहरूबाट चन्दा सहयोगको रूपमा पाएको सानो रकमबाट पार्टी कार्यालयको अत्यावश्यक खर्चबर्च चलाउने कि सरकारलाई कर उठाउन लगाएर त्यसको हिस्सा लिने ? पार्टीहरूले राज्य र त्यसका अनेक गह्रुङ्गा अङ्गहरूसरह समाजका अधिरचनाको परजीवी निकाय बन्ने र राज्यका शक्तिको प्रयोगद्वारा उठाइएका करको हिस्सेदारको रूपमा जनताको टाउकामाथि बसेर रजगज गर्ने कि जनतालाई यस प्रणालीबाट विस्तारै विस्तारै मुक्त भएर स्वचालित सामाजिक जीवनतर्फको बाटो देखाउने ?
विकास बजेटबाट मिलाएर सहमतिको आधारमा पार्टीका निम्ति रकम खर्च गर्ने हो भने पनि त्यो भएजति सबै पार्टीलाई भाग लगाउने हो कि ३÷४ वटा ठूलालाई मात्र ? ठूला भनिनेहरूमा बा“डचुड गर्ने हो भने त्यो त उही शक्ति भएका ठूलाबडाहरुले आपसमा जनताको सम्पत्ति बा“डेर खर्च गर्ने अन्यायपूर्ण प्रणालीकै भिन्न रूपमा निरन्तरता भएन र ? सामाजिक न्याय गर्ने हो भने त यहा“ पनि साना पार्टीहरूलाई हुर्किन र ठूलाहरूको दर्जामा पुग्न मद्दत पो गर्नुपर्ने हो । त्यसकारण सबै पार्टीहरूलाई सबभन्दा सानादेखि सहयोग जुटाउने क्रम मिलाए अन्त जे भए पनि कम से कम पार्टीहरूमा चाहिं होची अर्घेली गरिएको रहेनछ भन्ने देखिन्थ्यो । प्रथमतः जनताको विकासको नाममा आएको रकम पार्टीहरूले लिनु नै बेठिक, अनि फेरि लिइहाले पनि ठूलाले मात्र आपसमा बा“डनु अर्को ठूलो बेइमानी हो भनिदिए कसैले भने त्यो भनाइ गलत हुन्छ कि हु“दैन । कुनै मित्रले संसद्मा रहेका र नरहेका पार्टीका श्रेणीभेदको कुरो गर्दै हुनुहुन्थ्यो । समाजमा मानिसका वर्गभेदहरू भएझैं पार्टीका पनि कानुनी श्रेणी होलान् । तर आखिरी पार्टी त पार्टी नै हुन् नि । आफूले सामाजिक विषमताको सिकार हुनु पर्दा चाहिं समानताको पक्षमा लड्न जनतालाई उराल्ने अनि आफू स्वयम् ‘ठूला’ को उच्च आसनमा पुगिसकेपछि भने आफ्ना पार्टीबन्धुस“ग होची–अर्घेलीको व्यवहार गर्ने कुराले उनीहरूको इमानदारी देखाउ“दैन । फेरि, पैसा पाए ती साना पार्टीले पनि त आफ्ना घर बनाउ“दा हुन् ।
पार्टी, त्यसमा पनि ठूला मानिएका पार्टी त समाजका अभिभावक हुन्, भ“डारे हुन्, परिवार चलाउने बाबु–आमाजस्ता हुन्, भान्से हुन् । उनीहरूले अरूलाई पु¥याएर आफ्नो भाग लाउनु पर्छ । सबैका जमिनमा पानी पुगोस्, सबैले सफा पानी पिउन पाउन्, सबैलाई प्राथमिक स्वास्थ्य सुविधा पुगोस्, सबैलाई साधारण शिक्षाको व्यवस्था होस्, अनि हामी घर बनाउ“ला, हामीले जनताका भागको झिकेर लिने होइन, बरु हाम्रो पार्टीको सञ्चित रकम केही भए त्यो जनतालाई कुलो, प“धेरो, बाटो, स्कुल, बनाउन हामी दिन्छौं भन्नु पर्ने होइन र ठूला पार्टीले ?
चर्चित विषयमा एउटै सही निष्कर्ष के हुन सक्छ भने पार्टीहरूले सोझो वा घुमाउरो कुनै पनि विधिद्वारा सरकारी वा जननिर्वाचित स्थानीय निकायहरूको बजेटबाट रकम लिने कोसिस गर्नु हु“दैन । जुन जनताको सेवा गर्न पार्टीहरूको गठन भएको हो तिनै जनताले बिना कुनै दबाव स्वेच्छापूर्वक दिएको सहयोग नै उनीहरूका आयको चोखो स्रोत मानिनु पर्छ । यदि कुनै जनसमुदाय वा व्यक्तिले अमुक पार्टी आफ्नो निम्ति काम गर्ने संस्था हो भन्ने ठान्छ भने सकेको सहयोग गर्छ, होइन भन्ने ठान्छ भने गर्दैन । त्यसमा करकाप पनि दण्डनीय मानिनु पर्छ ।

 

ढोगाइको प्रारम्भ, विकास र वर्तमान महत्व

प्रिय, मान्य, ठूला, आफन्त ब्यक्तिहरू भेटिएर स्वागत वा अभिनन्दन गर्ने विधि र शैली संसारमा अनेक छन् । चुम्बन, आलिङ्गन, करबद्ध प्रणाम ढोग, दण्डवत् हामीले सुने देखेजानेका केही हुन् । चुम्बनको चलन हाम्रो समाजमा छैन नै भने पनि हुन्छ । यो एउटा विशेष उमेर वा स्थितिकाहरूलाई स्नेह र प्रेम प्रदर्शन गर्ने विधि भए पनि आम तरिका होइन । कतिपय पाश्चात्य समाजमा यसको चलन भए पनि हाम्रो समाजमा किन यसको त्यस्तो चल्ती भएन होला भन्ने विचार गर्दा हाम्रो सभ्यताको शिष्टता, उच्चता र श्रेष्ठतालाई मान्नु नै पर्ने हुन्छ । भेट्यै पिच्छेका खस्रा कमला, भुत्लासहितका, बिनाभुत्लाका, दन्तसहित, दन्तरहित, चाउरिएका, पोटिला, अनेकथरी मुखमा मुख जोड्ने चलन भैदिएको भए कति गाह्रो पर्दो हो, अनुमान गर्न सकिन्छ । अङ्कमाल गर्ने चलन पनि हाम्रोमा अत्यन्त सीमित छ । आमा बाबु, काका, मामा, माइजु, दिदीबहिनी कसैस“ग भेट हु“दा पनि घरमा वा बाहिर अ“गालो मारिएको देखिदैन । फिल्मी पर्दाको कुरा अर्कै हो । अलिक अस्वाभाविक, अस्वस्थ्य, असहजसमेत हुन सक्ने भएर होला, हाम्रोमा त्यो चलन रहेन । जहा“ चलेको छ, त्यहा“ स्वाभाविक नै बनेको होला । हामी चाहिं घा“टी जोड्ने, छाती कस्ने र मुख जोड्नेजस्ता संस्कृतिका अभ्यासी बनेनौं, तिनमा रत्तिएनौं । भन्छन्, तिनले निकटता बढाउ“छ, प्रेमलाई गाढा पार्छ । होला, तर हामीलाई हाम्रैले पुगेको छ ।
अभिवादनको हस्तमिलनको विधि भने हाम्रो समाजमा पनि बेस्सरी नै चलेको छ । यो चलन भित्रिएको धेरै भएको छैन । स्रोत पश्चिमी जगत् नै हो । दाहिने हातका हत्केला मिसाएर पा“चै औंलाले चरप्प कसेपछि दुवैजनाको तागत एक अर्कामा सरेको अनुभूति हुन्छ । नया“ तागतको उद्रेक भएझैं लाग्छ । हाम्रो समाजमा नया“ पुस्ताहरूले यसरी हात मिलाउ“छन् । राजनीति–जगत्मा यसको प्रवाह बेजोडस“ग भएको छ । बाबुछोरो, आमाछोरीले त्यसरी हातमिलाएको त्यत्ति देखिएको छैन । यो अन्तर्राष्ट्रिय चलन भएकोले हात मिलाउ“दाका शैली पनि अनेक छन् । जसरी एउटा राजनैतिक जुझारु कार्यकर्ताले अर्को कार्यकर्तास“ग हात मिलाउ“छ, त्यही शैलीमा बेलायतकी महारानीस“ग अवश्य मिलाइ“दैन ।
यहा“ चर्चा गरियो, अङ्गहरू छुवाएर गरिने (परस्परस्पर्शी) तीनवटा अभिवादन विधिको । अब कुरा गरौं एउटा अलग्गै रहेर गरिने (अस्पर्शी) अभिवादन क्रियाको ।
करबद्ध प्रणाम । यो सबैभन्दा बढ्ता चल्तीमा छ । यो जति लोकप्रिय छ, यसका किसिमहरू पनि उत्तिकै धेरै छन् । केही दूरीमा उभिएर दुवै हातका पञ्जा जोड्ने यस विधिका टाउको निह¥याइ, उच्चारित शब्द, उच्चारणविधि र लेघ्रो तनाइअनुसार अनेक रूप छन् । यसरी प्रणाम, नमस्कार, नमस्ते, अभिवादन जे गरे पनि छोइरहनु परेन । जति धेरै वा धेरै तलसम्म टाउको निहु¥याउन वा ननिहु¥याउन पाउने सुविधा पनि छ“दैछ । चुम्बनमा जस्तो दिग्मिग लाग्ने भय, अङ्कमालमा जस्तो पसिनाको हस्को आउने डर र हस्तमिलनमा जस्तो रोग सर्ने वा उताबाट आक्रमण हुने संभावनाबाट मुक्त हुने हुनाले होला, हाम्रातिर सुरुदेखि नै नमस्कारले बजार कब्जा गर्यो । सलाम, स्याल्युट, मुड्कीउठाइ यी सबै करबद्धताकै विविध रूप भएको बुझिन्छ । कुनैमा दुई हातका औंला लाग्छन्, कुनैमा एउटै हातका थोरै वा धेरै औला अर्कै अर्कै किसिमले संलग्न हुन्छन्, विधिको फरक त्यत्ति हो । अ“, तिनीहरूले दिने सन्देश भने फरक फरक छन् ।
अब कुरा गरौं ढोगको । यस लेखको उद्देश्य पनि यही विषयमा केही कुरा गर्नु नै हो । यसमा ढोगकर्ताले निहुरिएर सम्मान गर्नु पर्ने व्यक्तिको खुट्टाका दुवै बुढी औंलामा आफ्नो शिर छुवाउ“छ । संस्कृतमा ‘ढौकन’ भनिने नै यस शब्दको भाषिक स्रोत संस्कृत नै भएको स्पष्ट छ । यसले के देखाउ“छ भने यो अभिनन्दन विधिको प्राचीनता संस्कृत भाषाको जत्तिकै छ । अङ्ग्रेजीमा यसैगरी ढोग्ने चलन नभए पनि ढोग्नुका पर्यायवाची शब्दहरू स्याल्यूटेइसन, होमेइज, ओवेइसन्स, बोउ, सब्मिसन् ९क्बगितबतष्यल, ज्यmबनभ, इदभष्कबलअभ, द्ययध, क्गदmष्ककष्यल० पाइन्छन् ।
यसको सुरुवात कहिले भयो ? यसलाई वर्गोत्पत्तिस“ग जोड्ने र शोषित वर्गलाई आफ्नो चरणको धुलोसरह बनाउन तथा पण्डित, पुरोहितहरूको चरण सेवक बनाउन यो ढौकन पद्धति प्रारम्भ भएको हो भन्ने तर्कलाई मान्ने आधार कमजोर छ । यद्यपि पछि यो अभ्यास भयो, चरम रूपमै भयो । वर्णोत्पत्ति, वर्गहरूको आगमनभन्दा अघिको घटना हो भन्ने प्रमाणहरू देखिएका छन् । संस्कृत भाषा पनि वर्गका आगमनपछिको होइन । यसबाट के देखिन्छ भने यसको प्रारम्भ सभ्यताका उदयकालीन किरणहरूको आगमनस“गस“गै भएको हुनु पर्छ ।
अब यसको प्रारम्भ हुने कारण के हो त ? किन यसरी ढोग्ने चलन चल्यो ? त्यसबेला सम्ममा सूर्य, अग्नि जस्ता प्राकृतिक शक्तिहरूलाई पृथ्वीबाहिरका दैवी शक्तिको रूपमा हेर्ने अवधारणाको उदय भैरहेको थियो । मरेर गएका पितृहरूलाई, जीवित मातृ र पछि पितृ शक्तिहरूलाई, सम्पूर्ण दैवी र प्राकृतिक प्रकोपलाई र तिनीहरूलाई शान्त पार्ने तागत भएका तन्त्रमन्त्र जान्ने ब्रा≈मणहरूलाई खाने, पिउने वस्तुहरूका उपहारसहित नमन गर्ने क्रममा ढोगाइ सुरु भएको हुन सक्छ । यसरी ढोगाइ भय र श्रद्धाको उपज थियो । यो पिता, माता, आचार्य र अरू मान्यजन प्रति श्रद्धा प्रकट गर्ने संस्कृतिको रूपमा विकसित भएको हुनु पर्छ ।
ढोगाइ विनयको प्रतीक हो, सम्मानको सीमा हो । त्यसभन्दा पर्तिर झुक्ने ठा“उ रह“दैन । यो झुकाइको अन्तिम फाल हो यसमा ढोग्नेले आफ्नो शरीरको सबभन्दा माथिल्लो अङ्ग निधारलाई ढोगिनेको जीउको फेदको टुप्पो बुढी औंलामा राखिदिन्छ । यसरी उसले आफ्नो सारा घमण्ड, अहम्पना, अहङ्कार, मभन्दा ठूलो कोही छैन भन्ने सर्वश्रेष्ठताको भाव, रिस, सेखी, त्यहीं समर्पित गरिदिन्छ र आफूलाई शुद्ध, सफा, पवित्र मनको र सारा सद्गुणहरूले सम्पन्न एवम् ठूल्लठूला काम सम्पन्न गर्न सक्ने मार्गको पथिक बनाउ“छ । गुरुप्रति पूर्णरूपेण समर्पित नहुने विधार्थीले चाहिएजति विद्या लिन सक्तैन । अहिले गुरुका शिक्षाहरू पुस्तकका पानामा पोखिएका छन् । अझ, कम्प्युटर, मोबाइलका प्रोग्रामहरूसम्म पुगेका छन् । उहिलेका आचार्य आश्रम, विद्यालय, महाविद्यालय बनेका छन् । ती सबैको प्रमाणित प्रतिनिधि गुरु, शिक्षक, प्राध्यापक नै हो । असल विद्यार्थीले तिनीहरूको सम्मान गर्छ । निखारेरै, रित्तिएरै उनीहरू प्रति श्रद्धा ब्यक्त गर्छ । ढोग्नुको अर्थ र आशय त्यही हो । अचेल उनीहरूलाई ढोगी नै हाल्ने चलन नभए पनि अथवा त्यस्तो अनुकूलता सर्वत्र नभए पनि ढोगाइको मनोभावसहितको विनययुक्त अभिवादनमा ढोगलाई आरोपित गर्न सकिन्छ ।
ढोगाइमा पूर्ण समर्पणभाव हुन्छ भन्नुको अर्थ आफ्नो अस्तित्व नै मेटिएको, विकासशील चरित्र नै गुमाएको दासवत् हुन्छ भन्ने होइन । ढोग्नेले ढोगिनेमा रहेको पश्चगामी स्वभाव, समाजलाई हानि गर्ने दृष्टिकोण रहेछन् भने तिनलाई ग्रहण गर्दैन । उनलाई सम्मान गर्दै र आशिर्वाद लिंदै उनको पुस्तालाई छाडेर अगाडि जाने काम गर्छ ।
ढोगिनु पनि सानो जिम्मेवारीको काम होइन । ढोगिनेले ढोग्ने ब्यक्ति अझ जान्ने सुन्ने, मानिलो र अझ उन्नत हु“दै जाओस् र समाजको उच्च स्थानमा पुगोस् भन्ने कामना गर्छ । मान्यजनले ढोग्नेलाई मभन्दा निर्धन, निर्बल, निम्नस्तरको बनेस् भनेर आशिर्वाद दिंदैन । दिनु हु“दैन ।
अहिलेसम्म हाम्रो समाजमा चलिआएका र देखिएका अभिवादनका विधिहरू मध्ये ढोग्ने र नमस्कार गर्ने विधि नै सबैभन्दा ग्रहणयोग्य देखिन्छन् । समाजका उत्कृष्ट र अनुकरणीय ब्यक्तिहरूले तिनलाई पालन गर्दै आएका पनि छन् । एकपल्ट विराटनगरको एउटा कार्यक्रममा साहित्य र विचारको सिर्जनामा लागेका लब्धप्रतिष्ठित ब्यक्तिले दर्शकदीर्घाबाट उठेर अगाडि गएको र आफ्ना गुरुलाई ढोगेको सम्झिन्छु । सारा संस्कृति र परम्पराहरूका विनाशकको रूपमा एकथरी मानिसहरूद्वारा अत्यन्त आलोचित कम्युनिष्टहरूका सर्वमान्य नेपाली गुरु पुष्पलालको स्वभाव यस बयानबाट थाहा पाइन्छ— “पुष्पलाललाई काठमाडौंमा धेरै मानिसहरू श्रद्धा गर्थे । २०१४ सालतिर हो, उहा“कै लागि भाषण गर्न काठमाडौंको दरबारमार्ग तीनधारा पाठाशालानजिक अहिले होटेल अन्नपूर्ण भएको ठाउ“मा दुईतले मञ्च बनाइएको थियो । काठमाडौंका मानिसहरू पुष्पलालको भाषण सुन्न त्यहा“ भेला भएका थिए । सबैले फूलमालाले पुष्पलालको स्वागत गरे । त्यही क्रममा घरपरिवारका सदस्यहरू पनि उहा“को स्वागतमा त्यहा“ पुग्नुभयो । पुष्पलाललाई भाउजु हसिना, काका, काकी लगायतले हातमा फूल दिएर स्वागत गर्नुभयो । पुष्पलालले सबैको अगाडि मञ्चमा भाउजु, काका, काकी तथा आफ्ना मान्यजन सबैलाई ढोग्नुभयो, त्यसपछि सबै स्तब्ध भए ।’ (नवयुग मासिक, साउन २०७३ मा प्रकाशित, कान्छा भाइ विजयलालको सम्झनामा पुष्पलालका केही विशेषता नामक लेखबाट उद्धृत ।)
हाम्रो समाजमा ढोगाइका पनि विविध विधि र आचार छन् । छोराले बाबुलाई, आमालाई, दाजु, काका, काकीहरूलाई, हजुरबा, हजुरआमालाई ढोग्छन् भने छोरीले सम्मानपूर्वक नमस्कार गर्छन् । उनीहरूका सन्तानले हातमा ढोग्छन् । विविध कारणले विभिन्न समाजमा चलाइएका ढोगका यी विभिन्न स्वरूप हुन् । मर्यादित समाजमा बुहारीले ससुरा, जेठाजुको खुट्टामा ढोग्नु जाति मानिएन होला ।
ढोगाइको एउटा अर्को श्रद्धा र समर्पणको चरम रूप दण्डवत् हो । यसमा ढोग्ने मानिस ढोगिनेको अघिल्तिर घोप्टो परेर सिधा लमतन्न हुन्छ । उसका दुवै खुट्टाका पञ्जा, घु“डा, कम्मर, छाती, चिउ“डो, निधार, टाउकामाथि पसारिएका दुवै हातले समेत भुइ“ छुने गरी मनलाई समेत जोडेर अर्थात्, मनोयोगका साथ गरिने प्रणाम दण्डवत् हो । यो आठ अङ्गहित (स अष्ट अङ्ग) लौरो ( दण्ड) झैं लम्पसार परेर ढोगिने विधि भएकाले यसलाई साष्टाङ्ग दण्डवत् भन्छन्, यो स्पर्शरहित ढोगविधि हो ।
यहा“ चुम्बनदेखि दण्डवतसम्मका स्पर्शित र अस्पर्शित दुईखाले अभिवादन विधिको चर्चा गरियो । यी मध्ये ढोगाइका दुई रूप सम्भव र लोकप्रिय छन् । ढोगाइको सरलतम रूप नमस्कारमा ढोगका सम्पूर्ण भावनामय विशिष्टताहरूलाई समाहित गर्नेगरी त्यसलाई प्रयोगमा ल्याउने र सकेसम्म ढोग्ने (खुट्टा वा हातमा) संस्कृित नछाडी समाजको भौतिक–आत्मिक विकासलाई अगाडि बढाउन सकियो भने हाम्रो समाज अझ उच्च संस्कृतियुक्त र अनुकरणीय बन्नेछ ।

२६ साउन २०७३, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *